सबै खेलाडीलाई आइसोलेसनमा राखियो दुई जनामा कोरोना देखिएपछि

जर्मन फुटबलको दोस्रो लिगमा खेल्ने डाइनामो ड्रेस्डेनका सबै खेलाडी र कोचिङ्ग स्टाफलाई आइसोलेसनमा राखिएको छ । दुई खेलाडीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि क्लबका सबै खेलाडी र पदाधिकारीलाई दुई साताको लागि आइसोलेसनमा राखिएको हो ।  कोरोना भाइरसको महामारीबाट बौरिँदै गएपछि जनजीवन सामान्यतर्फ फर्किने क्रममा जर्मनीका खेल गतिविधि पनि शुरु हुने तयारी छ । बुण्डेस लिगा तथा बुण्डेस लिगा टू यही महिना शुरु हुँदैछ । महामारीका कारण रोकिएको बुण्डेस लिगाका खेल मे १६ देखि शुरु हुने गरी तालिका सार्वजनिक भएको छ । गएको बिहीबार जर्मन फुटबल एसोसिएशन (डिएफबी) ले लिगको यो सिजन स्वास्थ्य सम्बन्धी कडा नियम पालना गरेर मात्रै शुरु गर्न पाउने घोषणा गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here