अस्ट्रेलिया द्वारा नेपाल ३-० ले पराजित

काठमाडौं। नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले विश्वकप तथा एसियन कप छनोटमा अष्ट्रेलियाले आफ्नो टिमलाई सम्मान गरेर खेलेको बताएका छन्। अष्ट्रेलियासँग ३-० ले हारेपछि अल्मुताइरीले भने, “पहिलो हाफको अन्तिममा हामी दश खेलाडीमा सिमित भयौं। हामीले बाचाअनुसार खेल्न खोज्यौं। रक्षात्मकमात्र नखेल्ने बताएजस्तै काउन्टर गोल गर्ने प्रयास गर्यौं। तर गोल भएन। हाम्रो टिमलाई अष्ट्रेलियाले सम्मान गरेर खेल्यो। खेलाडीले आफ्नो जिम्मेवारी पुरा गरे।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here