Home गृहपृष्ठ कुहिएको चामल वितरण राहतका नाममा

कुहिएको चामल वितरण राहतका नाममा

सुर्खेत- कालिकोटको एक स्थानीय तहले कुहिएको चामल राहत दिएको पाइएको छ।  रास्कोट नगरपालिकाले विपन्न नागरिकलाई कुहिएको चामल दिएको हो। नगरपालिकाले वडा नम्बर ९ मा वितरण चामल कुहिएको भेटिएको छ।

स्थानीय महेश बरालका आफन्तलाई बाँढेको चामल कुहिएको भेटिएपछि स्थानीयले जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गरेका छन्। यता नगरपालिकाले भने नागरिकलाई कुहिएको चामल बाँढ्ने नियतभन्दा पनि खरिद गर्ने बेला नै कुहिएको परेको जनाएको छ।

नगर प्रमुख काशिचन्द्र बरालले १२ सय बोरा चामलमध्ये ३ बोरा चामल कुहिएको चामल परेको बताएका छन्।  ‘१२ सयमध्ये ३ कठ्ठा खराबी भेटियो’ उनले भने, ‘कुहिएको चामल बाँढ्ने हाम्रो नियत होइन तर खरिद गर्ने बेला त्यस्तै परेछ।’ कुहिएको चामल फिर्ता गरेर राम्रो चामल दिएका नगरपालिकाले जनाएको छ।

NO COMMENTS