Wednesday, २५ November २०२६
ब्रेकिङ
हिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना‘सुन फल्ने बोट’ बन्यो सुन्तलाजनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणाआदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधिपार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेलजनकपुर विमानस्थल विस्तार परियोजना स्वीकृत, अन्तर्राष्ट्रिय उडान सुरु हुनेजनकपुरमा डेंगु संक्रमणको जोखिम बढ्यो, स्वास्थ्य मन्त्रालयको उच्च सतर्कता
अन्तर्राष्ट्रिय ब्रेकिङ

जनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणा

काठमाडौँ । भारतको भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने भएको छ ।

भारतीय सञ्चारमाध्यम द हिन्दूका अनुसार भारतीय रेल्वे मन्त्रालयले शनिबार नयाँ रेल सेवा सञ्चालन गर्ने घोषणा गरेको हो ।

Tata

Futuressoft

करिब ६०४ किलोमिटर लामो रेलमार्गले जनकपुरधामलाई अयोध्याको क्यान्टोनमेन्ट स्टेसनसँग जोड्नेछ । रेलले बिहार र उत्तर प्रदेशका विभिन्न सहर हुँदै यात्रा गर्नेछ ।

Laxmi sunrise bank

रेलमार्गमा जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा स्टपेज रहनेछ ।

Shivam Cement

YouTube Video Thumbnail

" rel="noopener">

रेल्वे मन्त्रालयका अनुसार जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट प्रत्येक सोमबार रेल छुट्ने गरी सेवा सञ्चालन हुनेछ । 

Siddhartha

मन्त्रालयले जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् रामको जन्मस्थलका रूपमा उल्लेख गर्दै यी दुई धार्मिक तथा सांस्कृतिक महत्त्वका स्थानलाई रेलमार्गबाट जोड्न लागिएको जनाएको छ ।

Asian Paints

YouTube Video Thumbnail

" rel="noopener">

भारत र नेपालबीच शताब्दीयौँ पुरानो सांस्कृतिक, ऐतिहासिक तथा सामाजिक सम्बन्ध रहेको उल्लेख गर्दै मन्त्रालयले नयाँ रेल सेवाले दुई देशका समुदायलाई थप नजिक ल्याउने विश्वास व्यक्त गरेको छ ।

Nabil bank

यसअघि गत जुनमा पनि भारत र नेपालबीच जनकपुर–अयोध्या खण्डसहित सीमापार रेल सम्पर्क विस्तार तथा यात्रुवाहक रेल सेवा सञ्चालनका विषयमा छलफल भएको द हिन्दूले जनाएको छ ।

ट्याग: #जनकपुर#मिथिला

प्रतिक्रिया दिनुहोस्