Wednesday, २५ November २०२६
ब्रेकिङ
हिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना‘सुन फल्ने बोट’ बन्यो सुन्तलाजनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणाआदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधिपार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेलजनकपुर विमानस्थल विस्तार परियोजना स्वीकृत, अन्तर्राष्ट्रिय उडान सुरु हुनेजनकपुरमा डेंगु संक्रमणको जोखिम बढ्यो, स्वास्थ्य मन्त्रालयको उच्च सतर्कता
खेलकुद

एसिया कप राइजिङ स्टार्स खेल्न सन्दीपको कप्तानीमा नेपाली टोली, पहिलो खेल भारत Aसँग

सर्लाही जिल्लामा जिल्लास्तरीय युवा फुटबल टुर्नामेन्ट शुरु भएको छ। पचासभन्दा बढी टोलीको सहभागितामा भइरहेको यो प्रतियोगिताले युवा खेलाडीहरूको प्रतिभा पहिचान गर्ने अवसर दिएको छ।

कतारमा आयोजना हुने डीपी वर्ल्ड एसिया कप राइजिङ स्टार्स मेन्स २०२६ का लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट संघले सार्वजनिक गरेको टोलीमा अनुभवी खेलाडीदेखि युवा खेलाडीसम्मलाई समेटिएको छ। सन्दीपको कप्तानीमा घोषित टोलीमा कुशल भुर्तेल, सोमपाल कामी, ललित राजवंशी र पवन सर्राफजस्ता अनुभवी खेलाडी छन्।

त्यस्तै, बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, लोकेश बम, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेश गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल पनि टोलीमा परेका छन्।

नोभेम्बर १९ देखि २९ सम्म कतारको दोहामा आयोजना हुने प्रतियोगिता ५० ओभरको हुनेछ। प्रतियोगितामा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल समूह ‘बी’ मा भारत ‘ए’, पाकिस्तान शाहिन्स र यूएईसँगै छ।

नेपालले प्रतियोगितामा नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै आफ्नो अभियान सुरु गर्नेछ। 

Burjer

समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। पहिलो सेमिफाइनल नोभेम्बर २६, दोस्रो सेमिफाइनल नोभेम्बर २७ र फाइनल नोभेम्बर २९ मा हुनेछ। 

नेपालको १५ सदस्यीय टोली
1.    सन्दीप लामिछाने (कप्तान)
2.    बासिर अहमद
3.    अर्जुन कुमाल
4.    नन्दन यादव
5.    पवन सर्राफ
6.    ललित राजवंशी
7.    लोकेश बम
8.    कुशल भुर्तेल
9.    सोमपाल कामी
10.    दीपक डुम्रे
11.    सन्दीप जोरा
12.    अभिषेश गौतम
13.    ईशान पाण्डे
14.    राशिद खान
15.    देव खनाल

समूह विभाजन
•    समूह ‘ए’ : बंगलादेश ‘ए’, श्रीलंका ‘ए’, अफगानिस्तान ‘ए’ र हङकङ।
•    समूह ‘बी’ : भारत ‘ए’, पाकिस्तान शाहिन्स, नेपाल र यूएई।

प्रतिक्रिया दिनुहोस्