Wednesday, २५ November २०२६
ब्रेकिङ
हिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना‘सुन फल्ने बोट’ बन्यो सुन्तलाजनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणाआदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधिपार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेलजनकपुर विमानस्थल विस्तार परियोजना स्वीकृत, अन्तर्राष्ट्रिय उडान सुरु हुनेजनकपुरमा डेंगु संक्रमणको जोखिम बढ्यो, स्वास्थ्य मन्त्रालयको उच्च सतर्कता
व्यापार

कर्मचारी सञ्चयकोषले सुरु गर्यो सवारी कर्जा, तीन वर्ष नियमित बचतकर्ताले पाउने

कर्मचारी सञ्चयकोषले आफ्ना नियमित बचतकर्तालाई लक्षित गर्दै सवारीसाधन खरिदका लागि ऋण सुविधा सुरु गरेको छ। कोषमा कम्तीमा तीन वर्ष नियमित योगदान गरेका बचतकर्ताले दुई पाङ्ग्रे तथा हलुका चारपाङ्ग्रे सवारी खरिदका लागि ऋण पाउने व्यवस्था गरिएको कोषले जनाएको छ ।

यसका लागि सञ्चयकर्ता सवारीसाधन सापटी विनियमावली, २०८२ स्वीकृत भइसकेको छ। विनियमावलीअनुसार सञ्चयकर्ताले स्कुटर, मोटरसाइकल तथा कार खरिद गर्न ऋण सुविधा पाउनेछन् भने नयाँ मात्र नभई प्रयोगमा रहिरहेका सेकेन्ड ह्यान्ड गाडी पनि खरिद गर्न पाउनेछन् ।

कोषका प्रशासक विजयराज श्रेष्ठले नियमित बचतकर्तालाई आवश्यकता अनुसार सुविधा दिने र सञ्चयकोषको लगानीलाई विस्तारित गर्ने योजनाअनुसार यस्तो सापटी योजना ल्याइएको जानकारी दिएका छन् ।

सञ्चयकर्ता सवारी साधन सापटी कर्मचारी सञ्चय कोषको सञ्चयकर्ता कर्जा विभाग, लगनखेल ललितपुरबाट प्रवाह हुनेछ। सापटी लिन इच्छुक सञ्चयकर्ताले तोकिएको प्रक्रिया पूरा गरी उक्त विभागमार्फत आवेदन दिन सक्नेछन् ।

यसअघि सार्वजनिक भएका विस्तृत नियमअनुसार नयाँ विद्युतीय सवारीका लागि अधिकतम ४५ लाख रुपैयाँ वा खरिद मूल्यको ७० प्रतिशतमध्ये कम रकमसम्म ऋण पाइनेछ। पेट्रोल वा डिजेल सवारीका लागि भने अधिकतम ४० लाख रुपैयाँ वा खरिद मूल्यको ७० प्रतिशतसम्म ऋण उपलब्ध हुनेछ ।

सेकेन्ड ह्यान्ड चारपाङ्ग्रे सवारीका लागि गाडी पहिलो पटक अधिकृत डिलरबाट बिक्री भएको मितिले पाँच वर्षभन्दा पुरानो हुनु हुँदैन। त्यस्ता सवारीमा ऋण रकम अवमूल्यन मूल्य र प्राविधिक मूल्याङ्कनमध्ये कम रकमको ६० प्रतिशतसम्म सीमित हुनेछ ।

नयाँ सवारीको ऋण अधिकतम सात वर्षभित्र तिर्नुपर्नेछ भने सेकेन्ड ह्यान्ड सवारीको ऋण पाँच वर्षभित्र चुक्ता गर्नुपर्ने व्यवस्था छ। ऋणीले चाहेमा तोकिएको अवधिभन्दा अगावै पनि ऋण चुक्ता गर्न पाउनेछन् ।

आवेदन दिनका लागि सञ्चयकर्ताले निर्धारित फारम, अद्यावधिक केवाईसी विवरण, नागरिकताको प्रमाणित प्रतिलिपि, कार्यालय प्रमुखको सिफारिसलगायत विनियमावलीमा तोकिएका अन्य कागजात पेस गर्नुपर्नेछ। मासिक किस्ता सञ्चयकर्ता र पति वा पत्नीको स्वघोषित संयुक्त मासिक आयको ८० प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था पनि रहेको छ ।

योग्यताका लागि सञ्चयकर्ताले कम्तीमा तीन वर्ष नियमित योगदान गरेको हुनुपर्ने र अवकाश हुन कम्तीमा छ महिना बाँकी रहेको हुनुपर्ने सर्त छ। कोषले यो योजनाबाट सवारी कर्जामा पहुँच सहज बनाउने र विद्युतीय सवारीको प्रयोग प्रवर्द्धन गर्ने अपेक्षा राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्