Wednesday, २५ November २०२६
ब्रेकिङ
हिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना‘सुन फल्ने बोट’ बन्यो सुन्तलाजनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणाआदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधिपार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेलजनकपुर विमानस्थल विस्तार परियोजना स्वीकृत, अन्तर्राष्ट्रिय उडान सुरु हुनेजनकपुरमा डेंगु संक्रमणको जोखिम बढ्यो, स्वास्थ्य मन्त्रालयको उच्च सतर्कता
व्यापार

मुलुक अब केरामा आत्मनिर्भर

सात वर्षदेखि बन्द रहेको महोत्तरीको जलेश्वर चिनी कारखाना पुनः सञ्चालनमा आएको छ। यसले क्षेत्रका हजारौं उखु किसानलाई राहत दिएको छ।

काठमाडौँ, कात्तिक २९ गते । स्थानीय उत्पादन बढेसँगै केरामा नेपाल आत्मनिर्भर भएको छ । सरकारले एक वर्षअघि केरा आयातमा कडाइ गरेपछि व्यावसायिक केरा खेती विस्तार भएसँगै नेपालकै उत्पादन पर्याप्त हुन थालेको हो । 

आयातमा कडाइ गरेपछि किसानहरू व्यावसायिक केरा खेतीमा आकर्षित हुँदा उत्पादन बढेको नेपाल केरा उत्पादक महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष विष्णुहरि पन्तले वार्षिक नौ लाख मेट्रिक टन केरा उत्पादन भएसँगै नेपाल आत्मनिर्भर भएको जानकारी दिनुभयो । “विगतका वर्ष दुई लाख मेट्रिक टन केरा अपुग भई बाहिरी मुलुकबाट आयात हुने गरेको थियो” उहाँले भन्नुभयो, “सरकारले आयातमा कडाइ गरेपछि नेपालभित्रै उत्पादन बढेपछि बजारका लागि पर्याप्त भएको छ ।” उहाँका अनुसार अहिले बजारमा सहजै रूपमा केराको आपूर्ति भइरहेको छ । 

सरकारले २०८२ असोज ६ गतेदेखि केराको आयातमा कडाइ गरेको थियो । आयातमा कडाइ गरेपछि केही समय प्रतिदर्जन तीन सय रुपियाँसम्म पुगेको केरा अहिले उत्पादन बढेसँगै मूल्य पनि घटेको छ । 

अध्यक्ष पन्तका अनुसार विगतका वर्ष बाहिरी मुलुकबाट सस्तो मूल्यमा केरा आयात हुँदा स्थानीय केराले मूल्य नपाएर कुहिएर जाने गरेकोमा यो वर्ष किसानले दर्जनमा ५० देखि ६० रुपियाँ मूल्य पाएका छन् । त्यस्तै विगतमा किसानले दुई सयदेखि तीन सय रुपियाँमा एक घरी केरा बेच्ने गरेकोमा अहिले छ रुपियाँसम्म बिक्री गरेका छन् । 

उत्पादन बढेसँगै दसैँ, तिहार, छठमा स्वदेशी केराले नै बजार माग धानेको महासङ्घले जनाएको छ । केराको उत्पादन बढाएर आगामी दुई वर्षभित्रमा निर्यात गर्ने अवस्थामा पुग्ने अध्यक्ष पन्तको भनाइ छ । 

महासङ्घका अनुसार मुलुकभर १५ हजार हेक्टर क्षेत्रफलमा केरा खेती हुन्छ । पूर्वको झापादेखि पश्चिमको कन्चनपुरसम्म केरा खेती हुने गरेकोमा चितवन, नवलपरासी, बारा, पर्सा, दाङ र कन्चनपुरमा सबैभन्दा धेरै व्यावसायिक रूपमा केरा खेती हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्