Wednesday, २५ November २०२६
ब्रेकिङ
हिमतालको जोखिम न्यूनीकरण गर्न सञ्जिवनी आयोजना‘सुन फल्ने बोट’ बन्यो सुन्तलाजनकपुरधाम–अयोध्या भारतीय रेल्वेले सेवा साप्ताहिक रुपमा सञ्चालनको घोषणाआदिबासी जनजातिको विषय कोपमा जोडदार रुपले उठेको छ : मन्त्री चौधरी९ विकेट गुमाइसकेको भारतले अन्तिम बलमा यसरी जित्यो यू-१९ एसिया कपको उपाधिपार्टीको एकतालाई सुदृढ बनाउन राष्ट्रिय भेला : महासचिव पोखरेलजनकपुर विमानस्थल विस्तार परियोजना स्वीकृत, अन्तर्राष्ट्रिय उडान सुरु हुनेजनकपुरमा डेंगु संक्रमणको जोखिम बढ्यो, स्वास्थ्य मन्त्रालयको उच्च सतर्कता
स्वास्थ्य

स्वास्थ्य बीमा नवीकरण गर्न परिवारका सबै सदस्यको केवाईसी अनिवार्य

सिरहामा तीन दिने निःशुल्क क्यान्सर जाँच तथा उपचार शिविर आयोजना गरिएको छ। पाँच सयभन्दा बढी व्यक्तिले परीक्षण गराएका छन् र प्रारम्भिक चरणमा रोग पहिचान भएकाहरूलाई तुरुन्त उपचार शुरु गरिएको छ।

काठमाडौँ, कात्तिक २९ गते । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा नवीकरण गर्नुअघि परिवारका सबै सदस्यको व्यक्तिगत विवरण (केवाईसी) अद्यावधिक गर्नुपर्ने व्यवस्था गरेको छ । बोर्डले नयाँ व्यवस्था लागू गर्दै स्वास्थ्य बीमामा आबद्ध परिवारका प्रत्येक सदस्यको केवाईसी विवरण अद्यावधिक गरेपछि मात्र बीमा नवीकरण गर्न सकिने व्यवस्था गरेको हो ।

बोर्डका अध्यक्ष डा. सुवास प्याकुरेलले अब स्वास्थ्य बीमा नवीकरण गर्न चाहने बीमितले बोर्डको आधिकारिक एचआईबी ई–पोर्टलमा प्रवेश गरी आफ्नो पुरानो बीमा विवरण हेर्नुपर्ने जानकारी दिनुभयो । त्यसपछि परिवारका सबै सदस्यको केवाईसी विवरण अद्यावधिक गरेर मात्र नवीकरण प्रक्रिया अघि बढाउन सकिने उहाँले बताउनुभयो ।

अध्यक्ष डा. प्याकुरेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउन केवाईसी अद्यावधिक गर्ने व्यवस्था गरिएको बताउनुभयो । उहाँले बैंक खातामा जस्तै स्वास्थ्य बीमा नवीकरण गर्दा पनि व्यक्तिगत विवरण अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

डा. प्याकुरेलका अनुसार यसअघि स्वास्थ्य बीमाको विवरण अद्यावधिक गर्न दर्ता सहयोगीको सहायता लिनुपर्ने अवस्था रहेकामा अब बीमित आफैँले अनलाइनमार्फत आफ्नो र परिवारका सदस्यको विवरण अद्यावधिक गर्न सक्नेछन् ।

हाल स्वास्थ्य बीमामा एक करोड नौ लाख व्यक्ति आबद्ध रहेको र तीमध्ये ७६ लाख जनाले नवीकरण गरेका छन् । बीमामा आबद्धमध्ये करिब साढे १३ लाख ज्येष्ठ नागरिक रहेको उल्लेख गर्दै उहाँले कतिपय बीमितको मृत्यु भइसकेको हुन सक्ने तर विवरण अद्यावधिक नहुँदा वास्तविक अवस्था पहिचान गर्न कठिनाइ भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “केवाईसी अद्यावधिक भएपछि बीमितको वास्तविक पहिचान गर्न सहज हुन्छ । कतिपयको मृत्यु भइसकेको हुन सक्छ तर विवरण स्पष्ट नहुँदा त्यस्ता व्यक्तिको अवस्था पहिचान गर्न कठिनाइ भइरहेको छ ।”

उहाँले केवाईसी विवरणलाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिने भएकाले बीमितको पहिचान र विवरण प्रमाणीकरणमा थप सहज हुने बताउनुभयो । यसबाट एउटै व्यक्तिको दोहोरो विवरण हटाउन तथा स्वास्थ्य बीमाको अभिलेखलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

अध्यक्ष प्याकुरेलले राज्यबाट प्रदान गरिने सामाजिक सुरक्षा सुविधामा वास्तविक लाभग्राहीको पहिचान आवश्यक भएजस्तै स्वास्थ्य बीमामा पनि आधिकारिक बीमितको पहिचान सुनिश्चित गर्न केवाईसी अद्यावधिक आवश्यक रहेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्